Logo

विवाह भएको तिन मिनेटमै डिभोर्स



Spread the love

एक जोडीको विवाह बन्धन गाँसे लगतै तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह भए लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइएको छ ।

लगन गाँठोको कानुनी प्रक्रिया सकिए पश्चात् सो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य भएको घोषणा गरिन् ।

क्यूएट न्यूजको अनुसार बेहुली हिँड्ने क्रममा बाटोमै लडेपछि बेहुलाले उनलाई ‘मुर्ख’ (स्टुपिड) भनेका थिए । श्रीमानले स्वयंलाई मुर्ख भनेपछि ती महिला यति रिसाइन् कि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिन माग राखिन् ।

उक्त जजले महिलाको माग स्वीकार गरे र ती जोडीले विवाह दर्ता गराएको तीन मिनेटपछि नै सोही जजले उनीहरूको सम्बन्ध विच्छेद पनि गराए ।

प्रतिक्रिया दिनुहोस्