Logo

मृतकका परिवारलाई एक लाख राहत



Spread the love

३० असार, काठमाडाैँ – बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप प्रदेश नं १ सरकारले रु दुई लाख उपलब्ध गराउने भएको छ । प्रदेश नं १ मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत रु ५० हजार दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

बैठकले उद्धार राहत पुनर्स्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ । उनले घाइतेको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । यसैबीच प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएकोे उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्