नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ ।
इन्धनको मूल्य अन्तर्राष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा छ ।
निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, मट्टीतेलमा १८ रुपैयाँ नाफा छ ।
यस्तै निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा रहेको खबर आजको कारोबारमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्