Logo

अचम्मको मन्दिर जहाँ बाँदरले पूजा गर्छ



Spread the love

सामान्यतया मन्दिरहरूमा पुजारीहरूले पूजा गर्ने गर्दछ । तर भारतमा यस्तो अनौठो मन्दिर छ जहाँ पुजारीले होइन एक जनावरले पूजा गर्दछ ।

राजस्थानको बजरंगगढमा रहेको उक्त हनुमानको मन्दिरमा देखिने अचम्मको दृश्यले धेरैलाई आश्चर्य पारेको छ । एक बाँदरले पूजा गर्ने सो मन्दिरमा आउने सबै भक्तजन अचम्म नै पर्दछन् ।

८ वर्ष देखि नै मन्दिरको सेवा गरिरहेका बाँदर मन्दिर पुजारीको रूपमा काम गर्ने र त्यहाँ भएको खानेकुरा खाएर सोही मन्दिरमा सुत्ने गर्छन् ।

उक्त मन्दिरमा हनुमानको मूर्ती अवस्थित छ l जसको मुख खुला रहेको छ l पूजा गर्न आउने भक्तजनहरू आफूहरूले चढाएको प्रसाद सिधा हनुमानको मुखमा जान्छ भन्ने विश्वास गर्छन् ।

रामु नामको पुजारी बाँदरले हनुमान चालिसाको पाठ गरेको समयमा शान्त भएर सुन्नुका साथै आरतीको बखतमा पनि मन्दिरको घन्टी बजाउने कार्य गर्दछ । रामुले भजन गाउँदा नाच्ने र भक्तजनहरूलाई शिरमा हात राखेर आशीर्वाद दिने पनि गर्दछ l

प्रतिक्रिया दिनुहोस्