यो दुनियाँमा कतिपय चिजहरु यस्ता रहस्यमयी हुन्छन् कि जसलाई विश्वास गर्न गाह्रो पर्दछ । यस्तै भारतको हिमाचल प्रदेशमा मथान भन्ने क्षेत्र पौराणिक मान्यताअनुसार यस विशाल उपत्यका नागको रूपमा रहेको भोलेनाथ मन्दिर रहेको छ जुन रहस्यले भरिपूर्ण छ । जसलाई ‘मख्खन महादेव’ पनि भन्ने गरिन्छ ।
यस मन्दिरभित्र एउटा शिवलिङ्ग छ । जहाँ हरेक १२ वर्षमा चट्याङ पर्दछ। तर रहस्यमय कुरा के छ भने त्यस मन्दिरमा चट्याङ पर्दा मन्दिरलाई कुनै असर पर्दैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ ।
उक्त फुटेको शिवलिंगलाई त्यहाँका स्थानीय र पुजारीहरु मिलेर जोड्दछन् र घिउको लेप लगाउने गर्दछन् र पुन : पहिलाको जस्तै बनाउँदछन् ।
प्रतिक्रिया दिनुहोस्