सबै जसो युवकहरूले युवतीलाई आफ्नो प्रेममा पार्नका लागि वा विवाहको लागि मन्जुरी गर्न युवकहरूले झुठको साहरा लिने गर्दछन् । युवतीहरू बढी नै भावुक हुने भएकाले युवकहरूका झुठलाई थाहा पाउन वा पत्ता लगाउन सक्दैनन् l जसले गर्दा युवतीहरू सजिलैसँग युवकको जालमा फस्ने गर्दछन् l
थाहा पाउनुहोस् युवकले युवतीसँग बोल्ने यी झुठ कुराहरू :
कुनै पनि युवकले युवतीलाई इम्प्रेस पार्नका लागि युवतीको सामु तिमी जतिको राम्री मलाई अरू कोही लाग्दैन । जबकी यसअघि पनि युवकले अन्य युवतीलाई भनिसकेका हुन्छन् ।
युवतीलाई आफ्नो प्रेममा पार्नका लागि युवकले स्वयंको अफेयर बारे कुराहरू लुकाउँछन् l र प्रेमिकाको अगाडी अहिलेसम्म मेरो कुनै पनि अफेयर चलेको छैन भन्ने गर्दछन् ।
चुरोट वा रक्सी पिउने युवकहरूले पनि आफूले कहिले पनि चुरोट वा रक्सीको सेवन नगरेको भनी स्वयंको वास्तविकता लुकाउने गर्दछन् l
युवकहरूले आफ्नो प्रेमिकाको मन हासिल गर्नका लागि पनि तिम्रो बुवा आमा मेरो पनि त आमा बुवा हो नि भन्ने जस्ता झुठ पनि बोल्ने गरेका हुन्छन् l
युवतीहरूलाई आफ्नो मायाको चंगुलमा पार्नका लागि पनि युवकहरूले विवाहमा माइती पक्षलाई कुनै प्रकारको समस्या नदिने वा केही पनि ल्याउनु नपर्ने जस्ता झुठ बोल्ने गर्दछन् l