२७ असार, सप्तरी l निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बृदी भएको छ । आज बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।
पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको ब्यारेज प्रहरीले जनाएको छ l प्रहरीका अनुसार गए राति पानीको बहाव १७८११० क्युसेक पुगेको थियो ।
बिहान ४ बजे केही पानी घटेर १६८८२० पुगेता पनि ८ बजेदेखि फेरि बृदी हुन् थालेको हो । पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डा पनि फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरूलाई सतर्क रहन सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्