असार २,सल्यान– सल्यानमा विविध कार्याक्रमको आयोजना गरी तेस्रो चुरे महोत्सव सम्पन्न भएकोछ । “चुरेको पानी चुरेको पानी चुरेलाई, सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ जिल्लाको कालिमाटी गाँउपालिकामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । चुरे पहाड संरक्षणका लागि नेपाल सरकारद्धारा गत २०७१ साल देखी विविध कार्यक्रमको आयोजना गरिदै आएकोछ । जिल्ला बन कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय सल्यानको संयुक्त आयोजनामा सम्पन्न महोत्सव कार्यक्रमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले चुरे पहाड जैविक विविधताले धनि भएको र यो पहाड मानिसको जिवन पद्धतीसंग जोडिएकोले यसको संरक्षण र उपयोग गर्ने हाम्रै जिम्मेवारी रहेको बताउनु भयो । कार्यक्रमका जिल्ला बन अधिकृत नवराज काफ्ले र जिल्ला भुसंरक्ष अधिकृत रामकृष्ण राजथलाले चुरे पहाड संरक्षण कार्यक्रम अन्तरगत सल्यानको कालिमाटी गाउँपालिकामा संचालित कार्यक्रमको बारेमा प्रस्तुती राख्नु भएको थिया । कार्यक्रममा चुरे पहाड संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बाघखोर सामुदायीक बन, शान्ति सामुदायीक बन र पाटेटाकुरा सामुदायिक बन उपभोक्ता समुहलाई नगद पुरस्कार र कदर पत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा चुरे श्रृंखला यसको महत्व, चुनौति र समाधानका उपाय विषयक माध्यमिक विद्यालय स्तरिय निवन्ध प्रतियोगितामा उतकृष्ट स्थान हासिल गर्ने छात्र–छात्राहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी र कालिमाटी गाउपालिकाका नवनिर्वाचित उपाध्यक्ष सनसिलता वली लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कालिमाटी गाउँपालिका प्रमुख दान बहादुर केसीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार सनतकुमार शर्माले गर्नु भएको थियो ।