२५ असार, काठमाडौं । गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहेका ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन् ।
त्रिविको ६०औं स्थापना दिवसको अवसरमा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्