Logo

डेंगु सङ्क्रमण नियन्त्रण गर्न राप्रपाको माग



Spread the love

२५ असार, भद्रपुर l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिले नगरमा फैलिएका डेंगु सङ्क्रमण नियन्त्रण गर्न माग गर्दै भद्रपुर नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् l

सो ज्ञापनपत्र नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई नगर समितिका अध्यक्ष राधा कार्कीको नेतृत्वको टोलीले पेश गरेका हुन् ।

उक्त बुझाएको ज्ञापनपत्रमा राप्रपाका कार्यकर्ताहरूको हस्ताक्षर सहित बर्खा याम सुरु भएसँगै नगरका विभिन्न स्थानमा लामखुट्टेबाट हुने डेंगु सङ्क्रमण अत्यधिक बृदी भएकाले रोकथामका लागि नगरभरि नै डेंगु विरुद्धको स्प्रे गर्न माग गरिएको छ ।

अध्यक्ष कार्कीले भनिन्, ‘झापासहित प्रदेश १ का विभिन्न जिल्लामा डेंगुको सङ्क्रमणका बिरामी बढ्न थालेको छ l ‘भद्रपुरमा पनि डेंगु सङ्क्रमणका बिरामी फेला परेकाले तत्काल यसको रोकथाम आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्