२८ जेठ,काठमाडौं- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले राष्ट्रिय जनता पार्टी (राजपा)लाई चुनावमा आउन संयुक्त आह्वान गरेका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त विज्ञप्ति निकालेर चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न आह्वान गरेका हुन् ।
सरकारले आफ्ना राजनीतिक मागहरु सम्बोधन नगरेको भन्दै दोस्रो चरणको चुनावमा सहभागी नहुने घोषणा गरेको छ ।सबै शक्तिहरु निर्वाचनमा आउने वातावरण निर्माण गर्न पनि फोरम र नयाँशक्तिले सरकारसँग माग गरेका छन् ।
उनीहरुले दोस्रो चरणको चुनावमा पनि तालमेल गर्ने सहमति गरेका छन् । पहिलो चरणको चुनावमा पनि फोरम र नयाँशक्तिले तालमेल गरेका थिए ।
मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि ताल
मेल गरी निर्वाचनमा जान सकिने दुई दलका नेताहरुले बताएका छन् ।
‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।