Logo

विप्लव समुहका रिहा भएका ५ कार्यकर्ता मध्ये १ पुन: पक्राउ



Spread the love

२४ असार, सुनसरी ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वका ५ कार्यकर्ता रिहा भएका छन् । भने रिहा भएका पाँच मध्ये एक जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

रिहा हुनेमा पोलिटव्यूरो सदस्य मोहन कार्की , केन्द्रीय सदस्य चूडामणि ओली ,चन्द्रबहादुर खड्का , वाईसीएल जिल्ला अध्यक्ष बाबुराम राई र मिनबहादुर राई रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत सुनसरीको आदेशपछि रिहा गरिएको हो । सँगै रिहा भएका पोलिटब्यूरो सदस्य कार्कीविरुद्ध नुवाकोट जिल्लामा आगजनी सम्बन्धी मुद्धा चलिरहेकाले पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्