Logo

विश्वकप क्रिकेट : टस जितेर भारतविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्ड



Spread the love

२४ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा अहिले भारत र न्युजिल्यान्डबीचमा प्रतिस्पर्धा हुदैछ । ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा न्युजिल्यान्डले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । भारतले न्युजिल्यान्डविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

लिग चरणमा बलियो रहेको भारत र तुलनात्मक रुपमा कमजोर देखिएको न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । भारतले लिग चरणमा आफुले खेलेको ८ मध्ये ७ खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश हो ।यसैगरी लिग चरणमा न्युजिल्यान्डले नौमध्ये पाँच खेलमा जित हात पारेको थियो। तीन खेलमा पराजित भएको थियो।

हेड टु हेडमा न्युजिल्यान्ड भन्दा भारत अघि छ । कुल १ सय ६ वान डे खेलमा भारत ५५ खेलमा विजयी हुँदा ४५ खेलमा पराजित भएको छ । ५ खेल नजिताविहिन छ । एक खेल बराबरीमा सकिएको छ ।

भारतको टीम : केएल राहुल, रोहित शर्मा, विराट कोहली(कप्तान), ऋषभ पन्त, महेन्द्र सिंह धोनी, दिनेश कात्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र जसप्रित बुमराह ।

न्युजिल्यान्डको टिम : मार्टिन गुप्टिल, हेनरी निकोलस, केन विलियमसन(कप्तान), रोश टेलर, टम लेथम, जेम्स निशम, कोलिन डी ग्राण्ड होम, मिचेल सान्टनार, लोकी फर्गुसन, म्याट हेनरी र टेन्ट बोल्ट ।

प्रतिक्रिया दिनुहोस्