२३ असार, झापा l झापामा विषालु सर्पको टोकाइले ७ वर्षीय बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछका निवासी वैधनाथ गोसाइँकी छोरी निरुता रहेकी छन् l
उनलाई गत राती २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको हो l सर्पले टोकेको थाहा पाए लगत्तै निरुतालाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो । उक्त बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्