Logo

सरकारी पक्षबाट भएका बमबारीमा १४ सर्वसाधारण मारिए



Spread the love

२१ असार, बेरुत । उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् ।

सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ ।

शुक्रबार राती अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआवद्ध मानव अधिकार समूहले जानकारी दिएको छ ।

सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो ।

रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्ध अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूहहरु पनि हाबी हुदै गयो ।

सिरिया सन् २०११ देखि हालसम्म जारी यस गृहयुद्धमा ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ ।

त्यसैगरी यसमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने, लार्खौ आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन यापन गरिरहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्