Logo

नेपाल समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश



Spread the love

२० असार, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित हात पारेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो ।

३ सय २७ रनको विशाल विजयी लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमै समेटियो । सिंगापुरको लागि हरि कुकरेजाले सर्वाधिक ३० रन जोडे । त्यस्तै कान्नुसले २४ रन जोड्दा चन्द्रमुली श्रीदेवले २३ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक राजभण्डारीले दुई विकेट लिँदा रसिद खान र सागर ढकालले समान एक–एक विकेट हात पारे ।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का को मदतमा १ सय १५ रनमा अविजित रहे । कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहदा नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो ।

उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए। त्यसपछि ब्याटिङमा आएका खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले।  विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए।

रितलाई अन्तिमसम्म साथ दिएका कुशल मल्लले आक्रामक ब्याटिङ गरे। बलिङमा सिंगापुरका प्रनव सुदर्शन र विनित महेताले २-२ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्