Logo

महंगो रकममा बिक्री भएको एउटा सिङ्गै फुटबल स्क्वाड



Spread the love

२१ असार, काठमाडाैँ – वर्षमा २ पटक चल्ने ट्रान्सफर विन्डो पहिलो समर ट्रान्सफर विन्डो लगभग आधा सकिएको छ । ट्रान्सफर विन्डोको लगभग मध्य समयसम्म आइपुग्दा धेरै खेलाडीहरू एक क्लबबाट अर्को क्लबमा पुगिसकेका छन् । अब उनिहरूको बसाई र खेलाई सहित लगाउने जर्सि समेत परिवर्तन हुनेछ ।

हरेक क्लब आफुलाई मनपर्ने र क्लबमा फिट हुने खेलाडी भित्र्याउन मरिहत्ते मात्रै गर्दैनन् पैसाको बाढी समेत ल्याउने गर्छन् । उदाहरणका लागि नेयमार भित्र्याउन पीएसजीले खर्चेको रकम नै काफी होला । त्यस्तै भयो यो सिजन पनि । महंगो मुल्यमा खेलाडीहरूले क्लब परिवर्तन गरे ।

यो ट्रान्सफर विन्डोमा महंगिएर क्लब छोड्ने खेलाडीहरूको एउटा छुट्टै स्क्वाड नै बनिसकेको छ । जसमा चेल्सीका हाजार्ड देखि प्रतिभावान १९ वर्षे खेलाडी जोआओ फेलिक्स सम्म अटाएका छन् । हामिले त्यस्ता महंगा स्क्वाडको बारेमा केही चर्चा गरेका छौँ ।

१. जास्पर सिलेसन (गोलकिपर)

सन् २०१४ मा बार्सिलोना आएका दोश्रो रोजाईका सिलेसनले यसै सिजनबाट बार्सिलोना छोडेका छन् । उनि ३५ मिलियन युरोमा स्पेनकै अर्को क्लब भ्यालेन्सिया पुगे ।

२. वान बिसाका (डिफेन्डर)

२०१६ देखि इंग्लिस क्बल क्रिस्टल प्यालेसमा रहेका बिसाका पनि महंगो मुल्यमा क्लब परिवर्तन गरे । उनि ५५ मिलियन महंगो मुल्यमा क्रिस्टल प्यालेसबाट बिदा हुँदै म्यानचेस्टर युनाइटेडका खेलाडी भए ।

३. लुकास हर्नान्डेज (डिफेन्डर)

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका सेन्ट्रल डिफेन्डर हर्नान्डेजले पनि यो सिजन महंगो मुल्यमा क्लब परिवर्तन गरे । उनलाई ८० मिलियन मोटो रकम तिर्दै जर्मन क्लब बायर्न म्युनिखले आफ्नो बनायो ।

४. एडर मिलिटाओ (डिफेन्डर)

२०१८ मा ब्राजिलियन क्लब साओ पाउलो छोड्दै पोर्चुगिज क्लब पोर्टो आएका उनले पनि यसै सिजन क्लब स्थानान्तरण गरे । स्पेनिस रियल मड्रिडले ५० मिलियन मोटो रकम खर्च गर्दै उनलाई सेतो जर्सीमा उतार्ने निधो गर्यो ।

५. मेन्डी (डिफेन्डर)

फ्रेन्च क्लब लियोनका डिफेन्डर मेन्डिलाई पनि रियल मड्रिडले नै मोटो रकम खर्चेर क्लबमा भित्र्यायो । उनलाई रियल मड्रिडले ४८ मिलियनमा क्लबमा भित्र्याएको हो  ।

६. डि जोङ (मिडफिल्डर)

बार्सिलोना र नेदरल्याण्डको पुरानै प्रगाढ सम्बन्ध छ । यस सिजन पनि सो क्रमले निरन्तरता पायो । डच क्लब आयाक्सका मिडफिल्डर पनि ट्रान्सफर विन्डोका महंगो मुल्य मध्येका एक भए । उनलाई बार्सिलोनाले ७५ मिलियनमा भित्र्याएको हो ।

७. रोड्री (मिडफिल्डर)

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका मिडफिल्डर रोड्रीले पनि यो सिजन राम्रै मुल्य पाए । उनलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले ७० मिलियनमा क्लबमा भित्र्याएको हो ।

८. डोम्बेले (मिडफिल्डर)

फ्रेन्च क्लब लियोनका मिडफिल्डर पनि महंगो बिक्रीको सुचिमा समेटिन सफल भए । उनलाई च्याम्पियन्स लिगको फाइनलिस्ट टोटन्ह्यामले ६० मिलियन पाउण्डमा क्लबमा भित्र्यायो ।

९. जोआओ फेलिक्स (स्ट्राइकर)

युरोपियन फुटबलमा चमत्कारिक प्रदर्शन गरेका पोर्चुगिज स्ट्राइकर यो सिजनकै सायद महंगो ट्रान्सफर हुन सक्छन् । युरोपा लिगमा ह्याट्रक गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका फेलिक्स १ सय २६ मिलियन युरोमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड बसाइ सरे ।

१०. लुका जोभिच (स्ट्राइकर)

स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड पछि लागेका सर्वियन स्ट्राइकर अन्ततः रियल मड्रिडका खेलाडी भए । उनलाई ६० मिलयन खर्चिँदै बार्सिलोनाबाट जोभिच खोसेको हो । उनलाई जर्मन क्लब फ्र्यांकफर्टबाट रियलले अनुबन्ध गरेको हो ।

११. इडेन  हाजार्ड (स्ट्राइकर)

लामो समयको अथक प्रयास पश्चात् रियल मड्रिड बेल्जियन खेलाडी इडेन हाजार्डलाई भित्र्याउन सफल भयो । करिब २ वर्ष पिछा गरेपछि रियल हाजार्डलाई आफ्नो जर्सि पहिराउन सफल भयो । हाजार्डका लागि रियलले १०० मिलियन युरो खर्च गर्यो ।

प्रतिक्रिया दिनुहोस्