Logo

सचिनको २७ वर्ष पुरानो कीर्तिमान तोडे इक्रामले



Spread the love

२० असार, काठमाडौं । बिहीबार विश्वकप क्रिकेटमा अफगानिस्तानका इक्रम अलि खिलले वेस्ट इन्डिजविरुद्ध ८६ रन जोड्दै क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान भंग गरेका छन् ।

विश्वकप क्रिकेट २०१९ अन्तर्गत लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध ८६ रन बनाएका इक्राम विश्वकपमा ८० भन्दा बढी रन बनाउने कान्छो खेलाडी बन्दै लिजेन्ड सचिन तेन्दुलकरको २७ वर्षको पुरानो कीर्तिमान तोडेका हुन् ।

टिममा मोहमद शहजादको स्थानमा मौका पाएका इक्राम ९३ बलको सामना गर्दै ८६ रन बनाउदा १८ वर्ष २ सय ७८ दिनका मात्र थिए । जिम्बाबेविरुद्ध सन् १९९२ मा ८१ रन बनाउँदा सचिन १८ वर्ष ३ सय १८ दिनका थिए ।

प्रतिक्रिया दिनुहोस्