Logo

विश्वकप क्रिकेट :बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो संभावना



Spread the love

२० असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछ । लर्डसमा खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट सुरु हुनेछ ।

आज खेलमा पाकिस्तानले बंगलादेशलाई भारी अन्तरले पराजित गरेको खण्डमा मात्रै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो अंक गणितीय संभावना मात्र बाकि रहेको छ । पाकिस्तानले फराकिलो जित निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।

न्युजिल्यान्ड ९ खेलबाट ११ अंक जोड्दै चौथो स्थानमा रहेको छ । पाकिस्तान ८ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ ।

न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने लगभग पक्का पक्की जस्तै देखिएको छ । बंगलादेश आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गर्दै सुखद अन्त्य गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्