Logo

कोरियन भाषा पास गरेका मध्य आधा मात्र कोरिया जान पाउने



Spread the love

१९ असार, काठमाडौं । वैदेशिक रोजगारिको लागि दक्षिण कोरिया जान इपिएस पास हुने मध्य आधा मात्र जान पाउने भएको छ ।

यस वर्ष पास भएका १२ हजार ९ जना मध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस शाखा सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।

पछिल्लो समय दक्षिण कोरियाले विदेशी कामदारको लागि भाषा सगैँ सिपमा पनि जोड दिदै आएको हुनाले ४ देखि १८ गतेसम्म सिप परिक्षा हुनेछ ।

सिप परिक्षाको लागि असार २० देखि २९ गते सम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने इपिएस शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्