Logo

१९ वर्षीय फेलिक्स बने विश्वकै पाँचौ महङ्गा खेलाडी



Spread the love

१९ असार, काठमाडौं । पोर्चुगिच युवा फुटबल स्टार तथा बेनेफिकाका खेलाडी जोआ फ्लेक्सलाई स्पेनिश क्लब एथलेटिको मड्रिडले कीर्तिमानी मुल्यमा अनुबन्धन गरेको छ ।

फेलिक्सलाई एट्लेटिकोले १ सय २६ मिलियन युरो तिर्दै क्लबमा भित्र्याएको हो । उनी यो सँगै क्लब फुटबल इतिहासकै दोश्रा महँगा टिनएज खेलाडी बनेका छन् । यसअघि एएस मोनाकोबाट खेलिरहेका किलियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १ सय ८० मिलियन युरो तिर्दै क्लब भित्र्याएको थियो ।

फ्लेक्सले कम्तिमा पाँच सिजन मड्रिडमा रहेर खेल्नेछन् । उनले पनि ७ नम्बरको जर्सी लगाउने छन् । त्यसैले पनि रोनाल्डोको उपमा दिइएको छ ।

उनलाई भित्र्याउन मेनचेष्टर सिटी, युभेन्टस, बार्सिलोना, मेनचेष्टर युनाइटेड र रियल मेड्रिड लागि परेपनी एट्लेटिकोले बाजी मारेको हो ।

फ्लेक्सले गत सिजनमा ४३ खेलमा २० गोल गरेका थिए भने ११ गोलका लागि सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस्