Logo

लिबियामा एक नेपाली मारिए, ८ जनाको उद्धार गरी नेपाल फर्काइयो



Spread the love

१९ असार, काठमाडौं । गत मंगलबार युद्धग्रस्त लिबियामा भएको बम आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु जनाएकाे छ ।

 राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण भएको थियो । आक्रमणमा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते छन् ।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।

प्रतिक्रिया दिनुहोस्