Logo

डिजिटल मुसिकोट नगरपालिकाका कार्ययोजना



Spread the love

१९ असार, गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि सूचना तथा प्रविधिको क्षेत्रमा पुर्ण रुपमा डिजिटल नगरपालिका गराउने कार्ययोजना ल्याएको छ । नगरपालिकाले सूचना तथा सञ्चार क्षेत्रलाई आम जनमाानसमा पुर्‍याउनको लागि विभिन्न वडा स्तरीय प्रविधि मैत्री तालिमहरू सञ्चालन गर्ने, प्रत्येक नगरपालिका भित्र रहेका मा.बि र उ.मा. वि हरूमा द्रुत गतिको इन्टरनेट उपलब्ध गराई शिक्षकहरूको ई-हाजिरीलाई नेटोर्किङको मार्फत नगरपालिकामै हेर्न सकिने र शिक्षकहरूको तलब भुक्तानी पनि डिजिटल हाजिरी मार्फत गर्न सकिने कुरा मुसिकोट नगपालिकाका मेयर सोमनाथ सापकोटाले सल्लेरी खबरलाई जानकारी दिए ।

यसका साथै नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण, कार्यालयका लागि सफ्टवेयरको विकास, पेपर लेस स्वास्थ्य चौकी, टि.भि, रेडियो, अनलाइन र इन्टरनेटमा सूचना प्रकाशन र प्रसारण, बुलेटिन र स्मारिका प्रकाशन, चेतनामूलक भिडियो नाटक उत्पादन र प्रदर्शन, मिडिया परामर्श तथा प्रेस समायोजन, भिडियो डकुमेन्ट्री उत्पादन र प्रसारण पनि योजनामाा रहेको उनले बताए ।

आगामी एक वर्ष भित्र मुसिकोट नगरपालिका डिजिटल नगरपालिकाको रूपरेखा तयार गरी मुसिकोट नगरपालिका भित्र रहेका सम्पूर्ण कार्यलयहरुलाई पेपरलेस तर्फ लैजाने कुरा पनि सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्