१८ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायुदुले संन्यासको घोषणा गरेका छन्। विश्वकपमा भारतीय टिममा नपरेको २ महिनापछिपश्चात उनले संन्यासको घोषणा गरेका हुन् ।
गत नोभेम्बरमा ३३ वर्षिय रायुदुले पहिलो श्रेणीको क्रिकेटबाट सन्यासको धोषणा गरेसंगै एकदिवसीय र टी-२० खेलमा केन्द्रीत हुने बताएका थिए।
जारी विश्वकप उनले चौथो नम्बरमा ब्याटिङ गर्ने विश्वास गरिएको थियो। तर उनी भारतको १५ सदस्यीय टिममा नै परेनन् । उनको स्थानमा विजय शंकरले अवसर पाएका थिए।
उनले ५५ एकदिवसीय खेल खेलेका थिए। त्यसक्रमा उनले ३ शतक र १० अर्धशतक प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्