१७ असार , विदुर। नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
४२ वर्षीय सागर तामाङलाई महानगरीय प्रहरी बृत्त बालाजुले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जनाएको छ ।
उनीमाथि शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस्