१७ असार, काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको प्रि–क्वाटरफाइनलमा सेनेगल प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा साडियो मानेको दुई गोलको मदतमा सेनेगलले केन्यालाई ३–० ले हराउदै समूह ‘सी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
मानेले ७६ औं मिनेटमा केन्याका फिलेमोन ओटीनोले खतरनाक टयाकलमा रातो कार्ड खाएपछि पाएको पेनाल्टी अवसरमा गोल गरेका थिए । त्यसअघि ७१ औं मिनेटमा मानेले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । सेनेगलले त्यसअघि ६३ औं मिनेटमा इस्माइला सर्रको गोलबाट प्रारम्भिक अग्रता लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्