१७ असार, विराटनगर l नेपाल प्रहरीले विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ l
पक्राउ पर्नेमा भारतीय मूलका २३ वर्षीय गौरव साह रहेका छन् l साहलाई गए साँझ भारतीय नम्बर प्लेट बी.आर.११.एके.१७९१ नम्बरको कारबाट चाँदीसहित पक्राउ गरिएको हो l
गोप्य सूचनाका आधारमा कारमा चाँदी रहेको जानकारी सहित एकजनालाई पक्राउ गरिएको मोरङ जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले बताए l
पक्राउ परेका व्यक्ति र चाँदीको विषयमा अनुसन्धान जारी रहेको र उक्त चाँदी कसको भन्ने कुरा नखुलेको डिएसपी श्रेष्ठले जानकारी दिए l
बरामद गरिएको चाँदी नेपालतर्फ आएको वा भारततर्फ गएको भन्ने विषयमा समेत बुझ्ने काम भइरहेको डिएसपी श्रेष्ठ बताएका छन् l
प्रतिक्रिया दिनुहोस्