Logo

विश्वकप क्रिकेट : फर्नान्डोको शतकिय पारीमा श्रीलंका विजयी



Spread the love

१७ असार, काठमाडौं । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ ।

जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । लक्ष्य पछ्याउने क्रममा वेस्ट इण्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकिय पारी खेले पनि इण्डिजलाई जिताउन सकेनन्। यसैगरी इण्डिजका लागि फेबेयन एलनले ५१ तथा क्रिस गेलले ३५ रन बनाए।

 श्रीलंकाका लागि लसिथ मलिगाले ३ विकेट लिए भने कसुन रजिथा, एंजिलो म्याथु तथा वान्डरसले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३८ रन बनायो । श्रीलंकाको लागि आविष्का फर्नान्डोले शतकीय पारी खेल्दै १०३ बलको सामना गर्दै उनले ९ चौका र २ छक्काको मदतमा १०४ रन बनाए । त्यस्तै कुसल परेराले अर्धशतकीय पारी खेल्दै ५१ बलको सामना गर्दै उनले ८ चौकाको मदतमा ६४ रन बनाए । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ४५ रन जोड्दा कुशल मेन्डिस ३९, कप्तान दिमुथ करुणारत्ने ३२ र एन्जेलो म्याथ्युजले २० रनको योगदान दिए ।

बलिङतर्फ वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले दुई विकेट लिए । त्यस्तै शेल्डन कोट्रेल, ओशाने थोमस र फबियन एलेनले समान एक-एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्