१६ असार, काठमाडौं । जुलाई २० देखि २८ तारिखसम्म सिंगापुरमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।
भारतीय प्रशिक्षक उमेश पटवालले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । टोलीमा शरद भेषावकरले स्थान बनाउदा आरिफ शेखले स्थान बनाउन सकेनन । नेपालले विश्वकप छनोटको तयारीका लागि मलेसियासँग जुलाई १३ र १४ तारिख दुईवटा टी–२० खेल खेल्नेछ ।
नेपाली टोली
कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा र प्रदिप ऐरी
बैकल्पिक खेलाडीहरु
आरिफ शेख, जितेन्द्र मुखिया, कुशल भुर्तेल र सुशन भारी
प्रतिक्रिया दिनुहोस्