Logo

पानीमा डुबेर मोरङमा १७ महिने बालकको मृत्यु



Spread the love

१६ असार, विराटनगर । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा पानीमा डुबेर १७ महिने बालकले ज्यान गुमाएको छ। मृत्यु हुनेमा रामबहादुर सम्बाहाम्फेका छोरा पाङचुहाङ सम्बाहाम्फेको रहेको प्रहरीले जनाएको छ।

घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालक घाइते भएका थिए। डुबेर अचेत भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्