सबै जसो युवतीहरू आफूलाई सुन्दर बनाउनका लागी आफ्नो शरीरको तौल घटाउने गर्दछन् l तर यो संसारमा एउटा यस्तो देश पनि छ जहाँ युवतीहरू आफ्नो शरीरको तौल बढाउनका लागि मरिहत्ते गर्ने गर्दछन् l
यो चलन अफ्रिकी देश मौरिटेनियाको हो l जहाँ युवतीहरू विवाह गर्नका लागि मोटाउनु पर्ने हुन्छ । पुरुषहरूले विवाहका लागि मोटी युवतीहरू मन पराउने गर्छन् l जसले गर्दा युवतीहरू आफ्नो तौल घटाउनका सट्टा बढाउन चाहन्छन् l
उनीहरूलाई मोटाउनका लागि दबाब दिइने गरिन्छ l जस कारण युवतीहरूले आफ्नो शरीर मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको डाइट चार्टको फलो गर्नका साथै दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्दछन् l
उक्त देशमा मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतीक मान्नका साथै मोटी युवतीसँग विवाह गर्दा युवकको दाम्पत्य जीवन सुखी हुने पनि मान्यता रहेको छ l
प्रतिक्रिया दिनुहोस्