Logo

सरकारले गोपाल प्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार कवि भीष्म उप्रेतीलाई दिने निर्णय



Spread the love

१३ असार, काठमाडौँ l नेपाल सरकारले गोपाल प्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार कवि भीष्म उप्रेतीलाई प्रदान गरिनेछ भने गोपाल प्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार भने प्रा. डा. केशव प्रसाद उपाध्यायलाई दिने निर्णय गरेको छ ।

सरकारले कविता र गद्याख्यान वा नाटक क्षेत्रमा योगदान पुर्‍याउने एकएक जना स्रष्टालाई गएको वर्षदेखि एक–एक लाखका दरले पुरस्कार प्रदान गर्दै आएको छ l

उनीहरूलाई विज्ञ समूहको सिफारिसमा पुरस्कारको लागि छनौट गरिएको हो । प्रधानमन्त्री स्तरको निर्णयबाट ११ असारमा उनीहरूलाई पुरस्कार दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जानकारी दिइएको छ l

प्रतिक्रिया दिनुहोस्