एण्टन चेखबको छोटो कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नेपाली नाटक ‘मैनदानी’ आज अर्थात् असार १३ गतेबाट काठमाडौं अनामनगर स्थित मण्डला थिएटरमा
मञ्चन हुँदैछ ।
युनिक के.सी.ले निर्माण गरेको यस नाटकको नेपाली रुपान्तरण तथा निर्देशन संयोग गुरागाईँले गरेका हुन् । नाटकमा कलालाई समाजका विभिन्न पात्रहरुको कोणबाट हेरिएको छ ।
सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा र शनिबार १ बजेको अतिरिक्त शोमा मञ्चन हुनेछ । नाटक यही साउन ५ गतेसम्म लाग्नेछ ।
हेर्नुहोस् नाटक ‘मैनदानी’को टिजरः
नाटक ‘मैनदानी’बारे सेलिब्रेटीहरूको प्रतिक्रियाः