१३ असार, काठमाडौं – प्रदेश नम्बर एकमा हुने मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता आईतबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असार १६ गते सुरु हुन लागेको हो ।
नेपालमा पहिलो पटक हुन लागेको प्रदेश लिगमा १४ क्लबले सहभागीता जनाउनेछन् ।
एन्फाले सहभागी टिमलाई ३ समूहमा विभाजन गरेको छ । समुह कमा मोरङ्ग, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा रहेका छन् । समुह कका सबै खेल उदयपुरको थरुहट रंगशालामा हुनेछ ।
समूह ख मा रहेका तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरीका खेल धरान रंगशालामा हुनेछ ।
समूह गमा झापा, इलाम, पाचथर र ताप्लेजुङ्ग रहेका छन् । समुह गका सबै खेल ईलामको ठुलो टुडिखेलमा हुनेछ ।
समूह क, ख र गका विजेता र उपविजेता टिमलाई पुन दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहका विजेताले उपाधिका लागि खेल्नेछन् ।
फाइनल चरणका खेल भने विराटनगरको सहिद रंगशालामा हुनेछ ।