मिस नेपाल २०१७ को उपाधि निकिता चन्दकले जितेकी छिन् ।उनी अरु १८ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनले अरु दुई पदक समेत जितेकी छिन् ।
शुक्रबार बेलुकी काठमाडौंमा भएको फाइनल प्रतिष्पर्धामा उनलाई मिस नेपाल २०१६ की अश्मि श्रेष्ठले मिस नेपालको ताज लगाइदिइन् ।
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको यस वर्षको उपाधि जितेकी उनले मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् ।
यस्तै रोजिना श्रेष्ठले मिस नेपाल अर्थ, नीति शाहले मिस नेपाल इन्टरनेशनल र सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिकको उपाधि जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्