१२ असार, काठमाडौं ।चर्चित क्रिकेटर तथा व्याट्सम्यान क्रिस गेललाई नचिन्ने सायदै खेलप्रेमी होलान्। ३९ वर्षीय क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास फिर्ता लिएको बताएका छन् ।
गेलले भारतसँगको अगस्ट र सेप्टेम्बरमा हुने टेस्ट र वन डे सिरिजपश्चात् संन्यास लिन चाहेको बताएका छन् । तर, यो भन्दा पहिले उनी विश्वकपपश्चात नै संन्यास लिने चाहेका थिए।
वेस्ट इन्डिजको लागि उनले एकदिवसीय विश्वकप क्रिकेटमा १० हजार ३४५ रन बनाएका छन् र २५ शतक हानेका छन् उनी एकदिवसीय क्रिकेट खेलमा वेष्ट इन्डिजका सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्