Logo

सल्यानमा ब्यवसायीक पशुपंक्षि पालन गर्ने किसानहरुको संख्यामा बृद्धि



Spread the love

२९ असार , सल्यान- सल्यानमा ब्यवसायीक रुपमा पशुपंक्षि पालन गर्ने किसानहरुको संख्यामा बृद्धि भएको छ । जिल्लाका ४६ हजार ५ सय ५६ घरधुरी मध्ये ३५ हजार १ सय ७५ करीब ७५ प्रतिशत घरधुरी पशुपंक्षि पालनमा संलग्न भएको तथ्याङ्क सार्वजनिक भएको हो । जिल्ला पशु सेवा कार्यालय सल्यानको आयोजनामा बुधवार सल्यानको खलङ्गामा भएको प्रगति प्रतिबेदन समिक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गत आर्थक बर्षको तुलनामा यस आर्थक बर्षमा सल्यानमा मासु उत्पादनमा पनि बृद्धि भएको बताईएको छ । जिल्लामा पशु कार्यालयबाट संचालित कार्यक्रमहरु पशु सेवा निक्षेपित, कृषि तथा खाद्य सुरक्षा आयोजना, किसानका लागि उन्नत वीउविजन, पशु स्वास्थ्य नियमन, पशुपंक्षी बजार प्रवद्र्धन, सहकारी खेती बंगुर पालन, एक गाविस एक प्राविधिक सेवा लगायतका कार्यक्रम संचालनमा आएपछि पशुपालनको संख्यामा गतबर्षको तुलनामा वृद्धि भएको हो ।
सल्यानमा गत आर्थक बर्षमा बाख्रा पालन फर्म १५ वटा, बंगुर पालन फर्म ६ वटा, कुखुरा पालन फर्म ११ वटा र मिश्रित घाँस पशुपंक्षि , माछा फर्म ७ वटा गरी जम्मा ३९ वटा फर्म सञ्चालन भएकोमा यस आर्थिब बर्षमा गाई फर्म २, बाख्रा फर्म ३८ वटा, बंगुर फर्म १०, कुखुरा फर्म ३२ र मिश्रित घाँस पशुपंक्षि माछा फर्म ४ गरी ८६ वटा फर्म सञ्चालनमा आएका छन् ।
स्थानिय बिकास अधिकारी रामचन्द्र पौडेलको अध्यक्षता एवम् प्रमु जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय सल्यानका प्रमुख डा. बावुराम श्रेष्ठले आर्थिक बर्ष २०७२/०७३ को आर्थिक प्रगति तथा समिक्षा बिबरण प्रस्तुत गर्दै थोरै लगानी र छोटो समयमा पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उहाँले सल्यानका किसानहरुको पशुपंक्षि पालन तर्फ आकर्षण बढ्दै गएको बताउनु भयो । उहाँले भौगोलिक हिसावले हावापानी बनजंगल पनि राम्रो तथा उत्पादित बस्तुहरु मासु, फूल, दुध लगायतले बजार पनि राम्रो पाउने भएकाले आकर्षण बढदै गएको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बिदेशी भुमिमा खर्च गरिने श्रमलाई स्वदेशमानै लगानी गरी पशुपंक्षि लगायतका अन्य फर्म खोल्न सके स्वदेशमानै सुन फल्ने बताउनु भयो । उहाँले भन्नु भयो जिल्ला पशु सेवा कार्यालयले पशुपंक्षि अन्य फर्म सञ्चालनका लागि अनुदान उपलब्ध गराईरहेको छ ।
यस्तै सल्यानका स्थानिय बिकास अधिकारी रामचन्द्र पौडेलले सल्यानमा खास गरी बाख्रा पालनको सम्भावना बढी भएको बताउनु भयो । सल्यानमा उत्पादीत खसी, बोका नेपालकै नम्बर एकमा पर्ने तथा बजारभाउ पनि राम्रो पाईने भएकाले त्यस तर्फ लाग्न किसानहरुलाई उहाँले आग्रह गनुभयो ।
कार्यक्रममा सहभागिहरुलेआफुहरुले उत्पादन गरेको उत्पादीत वस्तुलाई बजारसम्म पु¥याउनको लागि यातायातको ब्यवस्था तथा बजारको पनि उचित ब्यवस्था गरिदिन माग गरेका छन् । जिल्ला पशुसेवा कार्यालय सल्यानका बाल कुमार श्रेष्ठको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सुवर्ण सिंङ ठकुरीले गर्नु भएको थियो । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्