प्रकृतिको हरियाली दृश्य कसलाई पो मन नपर्ला र ? जसको दृश्यले आनन्दित गराउनका साथै भरपूर्ण शीतलता प्रदान पर्दछ l तर केही यस्ता रुख छन् जसको नजिक पुग्दैमा मानिसको मृत्यु हुन् सक्दछ l
हेर्दा साधारण रुख देखिएता पनि ‘सरबेरा ओडोलम’ लाई ज्यानमारा रुखको रूपमा मानिने गरिन्छ l हेर्दा आकर्षित देखिने यी रुखले यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ ।
वैज्ञानिकहरूका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो । जसको नजिक पुग्दा प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको छ l
सो रुखमा भएको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धड्कन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । जसले गर्दा हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । र मृत्यु हुने गर्दछ l यस ‘सरबेरा ओडोलम’ रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइने गर्दछ l