११ असार, काठमाडौं । महिला विश्वकप फुटबलबाट जापान बाहिरिएको छ। मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्ससँग २–१ ले पराजित हुदै जापान प्रि–क्वाटरफाइनलबाट बाहिरिएको हो ।
नेदरल्यान्ड्सको जितमा लिटके मार्टेन्सले दुई गोल गरिन् । जापानकी युई हासेगावाले एकमात्र गोल गरिन् ।
१७औं मिनेटमा लिटके मार्टेन्सको गोलबाट नेदरल्यान्डले खेलमा अग्रता बनायो । हासेगावाले ४३औं मिनेटमा बराबरी गोल फर्काउदा खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।
अतिरिक्त समयतिर धकेलिएको खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई अन्तिम आठसम्म लगिन् ।
८८औं मिनेटमा साकी कुमागाईले भियानी मिडेमाको प्रहारलाई रोक्न खोज्दा ह्यान्ड गरेसंगै रेफ्रीले भिएआरको मदतमा नेदरल्यान्ड्सलाई पेनाल्टीको मौका दियो । जसमा मार्टेन्स कुनै गल्ति गरिनन् ।
प्रतिक्रिया दिनुहोस्