ललितपुर। शनिबार राती ९ बजे ललितपुरको बाग्मती गाउँपालिका निवासी ११ वर्षीय एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर समिर लुङवाले आत्महत्या गरेका महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी राजकुमार खिउजुले बताए ।
डीएसपीले बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्