९ असार, मोरङ ।मोरङको बेलबारीमा नेत्रविक्रम चन्द ‘विप्लव’नेत्रृत्वको नेकपाका दुई जना कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये राई जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता हुन् । उनीहरुले बेलबारीका एक व्यवसायीसँग चन्दा उठाउन गएका बेला बेलबारी नगरपालिका–४ बुधबारे स्कुलडाँडा भन्ने ठाउँमा प्रहरीले को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा रोकेर खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट हतियार बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका दुवै जनाका बारेमा सार्वजनिक गर्ने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्