९ असार, काठमाडौं । महिला विश्वकपको क्वाटरफाइनलमा फ्रान्सले स्थान सुरक्षित गरेको छ । उपाधि दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
खेलको ५२औं मिनेटमा भालेरी गौभिनको गोलबाट घरेलु टोली फ्रान्सले खेलमा अग्रता बनायो । थाइसाले ६३औं मिनेटमा बराबरी गोल फर्काउदै ब्राजिललाई पुन : खेलमा फर्काएकी थिइन् ।
त्यसपश्चात निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमा अमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित पक्का गरे ।
प्रतिक्रिया दिनुहोस्