Logo

साहरुखले २२१ करोड कमाउँदा अक्षयले २११ करोड कमाए, टेलर पहिलो स्थानमा



Spread the love

हरेक बर्ष विश्वका धनाढ्य र उनीहरुको कमाई सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले सन् २०१६ का धनाढ्य सेलिब्रेटीको सूची बाहिर ल्याएको छ । सर्वाधिक धेरै कमाई गर्ने सय जना सेलिब्रेटीको सूचीमा बलिउडका नायकद्धय साहरुख खान र अक्षय कुमार मात्र परेका छन् ।

सन् २०१६ मा साहरुखले ३ करोड ३० लाख डलर अर्थात २२१ करोड(भारु) कमाएका छन् । साहरुख उत्कृष्ट १०० को ८६ औं नम्बरमा छन् । जबकी, बलिउडका अर्का सफल नायक अक्षय कुमारले यो बर्ष ३ करोड १५ लाख डलर अर्थात २ सय ११ करोड(भारु) कमाएका छन् ।

उनी यो सूचीको ९४ औं स्थानमा छन् । साहरुख विश्वकै दोश्रा धनी कलाकार पनि हुन् । उनले हलिउडका चर्चित नायक टम क्रुजलाई पनि कमाइको मामालामा उछिनेका छन् । यो सूचीको पहिलो स्थानमा अमेरिकी गायिका टेलर स्विफ्ट छिन् । जसले यो बर्ष १७ करोड डलर अर्थात १ हजार १४० करोड(भारु) कमाएकी छिन् ।

फोर्ब्सले लेखेको छ-‘साहरुख लगातार हिट चलचित्रका माध्यमबाट बलिउडमा राज गरिरहेका छन् । यहीबाट उनी करोडौ रुपैयाँ कमाउँछन् । उनले चलचित्रबाट मात्र नभएर विज्ञापनबाट पनि राम्रो आम्दानी गरिरहेको फोब्र्सको दाबी छ । फोर्ब्सका अनुसार गतबर्ष ७४ औं स्थानमा रहेका नायक अक्षय कुमार यसबर्ष ९४ नम्बरमा परेका छन् । सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रेटीको सूचीमा बलिउडका सलमान खान, आमिर खान, अमिताभ बच्चन जस्ता कलाकार परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्