६ असार, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निःशुल्क दाँतको उपचारहुने भएको छ ।
यहि असार ७ गते (शनिवार) बेलका विकास समाजले नगरपालिकाको केन्द्र रामपुरमा निःशुल्क दन्त शिविर संचालन गर्न लागेको हो । शिविरमा काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट चिकित्सकहरुको ६ सदस्यीय टोलीसँगै अत्याधुनिक उपकरणसहित बेलका आउने भएको छ भने शिविरमा आवश्यकता अनुसार दाँत निकाल्ने, भर्ने, सफा गर्ने तथा परामर्श सेवा प्रदान गरिने छ ।
उक्त शिविर शनिवारमात्रै हुनेछ छ । तर बेलकामा उपचार सम्भव नभएका र आर्थिक अवस्था कमजोर भएका विरामीलाई काठमाडौंसम्म पुर्याएर निशुल्क उपचार गर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्