Logo

विप्लव समुहका कोशी ब्युरो सदस्य पक्राउ



Spread the love

६ असार, संखुवासभा । प्रहरीले सदरमुकाम खाँदबारीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्यलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–६ का बाबुराम किराती रहेको छ ।  प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिकबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पार्टी प्रति असन्तुष्टि भएकाले उनि निष्कृय भएर घर परिवार सँगै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्