४ असार, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकपका बाँकी खेल गुमाउने भएका छन्।
अष्ट्रेलियासँगको खेलका क्रममा नाथन कल्टर नाइलको बलमा उनको औलामा चोट लागेको थियो ।धवनको ठाउँमा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तलाई खेलाउने भएको छ।
सुरुमा उनी तीन साता मैदान बाहिर रहने भनिएको थियो । तर अब पुरै प्रतियोगिता खेल्न नसक्ने भएका छन् । धवन प्रतियोगिताबाट बाहिर भइसकेपछि इंग्ल्याण्डमै रहेका पन्तले आगामी शनिबार अफगानिस्तानविरूद्ध हुने खेलमा खेल्न सक्छन्।
प्रतिक्रिया दिनुहोस्