४ असार, धरान। एमबीबीएस पढ्ने विद्यार्थीहरुको सिट संख्या बढाइदिन वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गरेको छ ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले २५० सिट पुर्याउन माग गरेको छ ।
बैठकमा जति धेरै सिट दिन सक्यो उति धेरै विद्यार्थी विदेश पढ्न जानबाट रोकिने र मेडिकल कलेजहरु पनि आर्थिक रुपमा सक्षम हुने बताएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा ऐन आएपछि एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो ।
प्रतिक्रिया दिनुहोस्