४ असार, काठमाडौं ।फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले इटालीलाई १–० ले पराजित गरेको छ । ब्राजिलकी मार्ताले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्नेको कीर्तिमानी राखेकी छन् ।
मार्टाले विश्वकपमा कीर्तिमानी गोल गरेकी हुन् । इटालीविरुद्व खेलको ७४ औँ मिनेटमा गोल गर्दै उनले विश्व फुटबलको सबै भन्दा ठूलो प्रतियोगितामा गोल संख्या १७ पुर्याएकी हुन् ।
उनले ३३ वर्षकी जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको किर्तिमानी भंग गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्