४ असार, काठमाडौं । बुधबार काठमाडौंमा सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ।चौतर्फी विरोध भएपछि हिजो सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिएको हो ।
गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।
खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्याली निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस्