३ असार, काठमाडौं ।मंगलबार फ्रान्सका पुर्व स्टार खेलाडी एवं युरोपियन फुटबल महासंघ (युईएफए)का पुर्व अध्यक्ष माइकल प्लाटीनीलाई फ्रान्समा गिरफ्तार गरिएको छ।सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न कतारलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको आरोप छ । फिफाले २०१५ मा अध्यक्ष सेप ब्लाटरसहित युईएफएका अध्यक्ष प्लाटिनीलाई आठ वर्षको प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्